+
+
Shares

निर्मातासँग गरिमाको रोमान्स(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १८ गते ११:३३

नायिका गरिमा पन्तलाई चलचित्र ‘पराइ’का निर्माता समेत रहेका कलाकार गोविन्द शाहीसँग रोमान्स गर्दै गरेको अवस्थामा देख्न सकिनेछ । पौष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पराइ’मा गोविन्द र गरिमाको यो केमेष्ट्री जम्न लागेको हो ।garima-and-govindaस्वर्गिय निर्देशक शिव रेग्मीले निर्देशन गरेको यो चलचित्रमा निरज बराल र नन्दिता केसीको पनि अभिनय छ । विशुद्ध नेपाली भाव बोकेको यो चलचित्र ‘बितेका पल’ र ‘छ एकान छ’ सँग प्रतिस्पर्धा गर्ने तयारीमा छ । तर पनि निर्माता समेत रहेका नायक गोविन्द शाही आफ्नो सिनेमाले राम्रो व्यापार गर्नेमा ढुक्क छन् । शिव रेग्मीको सिनेमा मन पराउने दर्शक नेपालमा प्रशस्तै रहेकाले पनि ‘पराइ’लाई फाइदा पुग्ने अड्कल काँटिएको छ ।

यसैबिच चलचित्रमा समावेश ‘यो दिल’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा गोविन्द र गरिमालाई देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?