+
+
Shares

केकीको अभिनयले बढायो नीताको ढुकढुकी

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २१ गते ११:०८

neeta-and-kekiकलाकारितामा स्वच्छ प्रतिस्पर्धा सबैका लागि फाइदाजनक नै छ । स्वच्छ प्रतिस्पर्धाले कलाकारहरु बिचमा काम प्रतिको लगाव र मिहिनेत पनि बढाउछ । नायिका नीता ढुंगाना अहिले यस्तै स्वच्छ प्रतिस्पर्धामा उत्रिएकी छिन् ।

हप्ता दिन अघि मात्र नायिका केकी अधिकारीले अभिनय गरेको चलचित्र ‘बितेका पल’को प्रिमियर गरियो । सिनेमा हेरिसकेपछि चलचित्रकर्मी र पत्रकारले सिनेमाको भन्दा बढि नायिका केकी अधिकारीको अभिनयको प्रशंसा गरेका थिए । प्रतिक्रियाले नायिका अधिकारीको मुहारमा मुस्कान त छाएकै छ तर नायिका नीता ढुंगानालाई पनि खुलदुली बढाएको छ ।

काममै व्यस्त भएकाले नीताले केकीको सिनेमा हेर्न पाइनन् । केकीको ‘बितेका पल’सँगै नीताले अभिनय गरेको चलचित्र ‘छ एकान छ’ पनि प्रतिस्पर्धामा छ । यि दुबै चलचित्र पौष २६ गतेबाट प्रदर्शनमा आउँदैछन् ।

जसका कारण नीता यतिबेला केही दबाब महुशश गरिरहेकी छिन् । केकीको अभिनयका अघि आफ्नो तारिफ फिक्का पर्ने हो कि भन्ने सोचाई उनमा पलाउनु स्वभाविक नै हो । ‘चलचित्रमा मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु, तर पनि दुई सिनेमा एकैसाथ प्रदर्शनमा आउने भएकाले पनि केही दबाब महशुश भइरहेको छ’, नीताले अनलाइनखबरसँग भनिन् । उनले आफू केकीको अभिनयको निक्कै ठूलो फ्यान भएको भन्दै अस्वस्थ प्रतिपस्र्धा र अर्काको कुरा काट्ने प्रथालाई टाढै राखिदिइन् ।

दुई नायिकाको सिनेमा एकसाथ प्रदर्शनमा आउने भएकाले पनि मिडियामा विभिन्न खालका तुलानात्मक समाचार आइरहेका छन् । सिनेमा प्रदर्शन पश्चात केकी र नीताको स्टारडमको चर्चा पनि सुरु हुनेछ । जसका कारण सिने नगरीमा आशातित रुपमा हेरिएका केकी र नीताले एक अर्कासँग असुरक्षित महशुश गर्नु स्वभाविक नै हो । केकीको अभिनयको तारिफ त भैसकेको छ, बाँकी दर्शकको प्रतिक्रिया मात्र छ । तर नीताले ‘छ एकान छ’ मा कस्तो काम गरेकी छिन् भन्ने सिमित व्यक्तिलाई मात्र थाहा छ । यही कारण पनि केकीको अभिनयको तारिफले यतिबेला नीताको ढुकढुकी दिन दुइगुणा रात चारगुणा बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?