Comments Add Comment

सोलुखुम्बुमा चार हजारको आँखा जाँच

eye

२२ पुस, सोलुखुम्बु । सोलुखुम्बेका सामुदायिक आँखा केन्द्र फाप्लुले एक वर्षमा चार हजार ६ सय ८७ जनाले आँखा परीक्षण गरेको छ । सन् २०१३ मा गत वर्षको तुलनामा बढी आँखाका बिरामी परीक्षणका लागि आएको केन्द्रले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार क्लिनिकमार्फत तीन हजार ३ सय ८५ जनाले, एकदिने आँखा शिविरमार्फत ५ सय ९४ र विद्यालय आँखा जाँचमार्फत ७ सय ८ गरी चार हजार ६ सय ८७ जनाले आँखा जाँच गराएका हुन् । आँखा जाँच गराउनेमध्ये दुई हजार १ सय २ पुरुष र दुई हजार ५ सय ८५ महिला रहेका छन् ।

सामुदायिक आँखा केन्द्र फाप्लुमा सन् २०१३ को अपि्रल महिनामा सबैभन्दा बढी ३ सय ६० र जुलाईमा सबैभन्दा कम २ सय ४२ जनाले आँखा जाँच गराएका थिए । कार्यालयका अनुसार आँखा जाँच गराएकामध्ये ३७ जनाको सामान्य शल्यक्रिया गरिएको छ भने पाँचजना गम्भीर समस्या भएकालाई थप उपचारका लागि काठमाडौँको तिलगङ्गा आँखा अस्पताल सिफारिस गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment