बहु प्रतिक्षित चलचित्र ‘बितेका पल’को शिर्ष गीतले दर्शकलाई अझ लोभ्याउने विश्वास गरिएको छ । प्रदर्शनको उल्टो काउनडाउन सुरु भएको अवस्थामा सिनेमाको शिर्ष गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।
शिव परियारले आवाज भरेको शिर्ष गीतलाई निर्माता समेत रहेका राजेश घतानीले लेखेका हुन् । चलचित्रमा बाबु बोगटी, केकी अधिकारी र नव नायक अभिनाश गुरुङको मुख्य भूमिका छ ।
प्रिमियर पश्चात नै सिनेमाको चर्चा र अपेक्षा उचाईमा पुगेको छ । भोलीबाट देशभरका करिब ४० हलमा एक साथ प्रदर्शनमा आउन लागेको यो सिनेमालाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । चलचित्रले लामो समयदेखि शुन्यता छाएको सिने नगरीलाई चलमलाइदिने विश्वास गरिएको छ ।
सिनेमाको बिषयमा दर्शकममा पनि एक प्रकारको उत्सुकता देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4