+
+
Shares

कसलाई हेर्ने : केकी, नीता वा गरिमा र नन्दिता

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २६ गते ७:२५

keki-nita-nandita-and-garim

यदि तपाई आजबाट प्रदर्शनमा आएका ३ वटै सिनेमा हेर्न चाहनुहुन्छ भने गोजीबाट राम्रै रकम झिक्नुपर्ने हुन्छ । नेपाली सिनेमामा सर्वाधिक प्रचार गरिएका र आशा गरिएका ३ सिनेमाले आजबाट देशभरका हलमा प्रवेश पाएका छन् । अब दर्शकले ३ वटा सिनेमाको नाडी छाम्ने छन् । सर्वाधिक आशा गरिएका र यो बर्ष कै सफल सिनेमाको रुपमा दहरिने दौडमा रहेका ३ चलचित्र मध्ये तपाई कुन हेर्न आतुर हुनुहुन्छ, कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला ।

१. बितेका पल : केकी अधिकारी, बाबु बोगटी र अभिनाश गुरुङले मुख्य भूमिका निर्वाहा गरेको वितेका पललाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका हुन् । प्रेम कथामा आधारित यो सिनेमालाई यो बर्षकै महत्वकांक्षी र बिग बजेटको चलचित्रको रुपमा हेरिएको छ । राजेश घतानी र क्रिस रिजालले मिलेर बनाएको यो सिनेमाले देशभरका ४० वटा भन्दा बढि हलमा प्रदर्शनको अवसर पाएको छ । सिनेमाका गीतसंगीत र नायिका केकी अधिकारीको अभिनयले यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ ।

२. छ एकान छ : टेलिभिजनमा सफल मानिएका ६ हाँस्य कलाकारले ठूलो पर्दामा एकसाथ अभिनय गरेको यो पहिलो सिनेमा हो । जसका कारण पनि यतिबेला दिनेश डीसी निर्देशित यो कमेडी सिनेमा चर्चामा छ । प्रचारप्रसार र स्टारहरुको भरिभराउका कारण पनि ‘छ एकान छ’ यो बर्षकै सफल सिनेमाको रुपमा दहरिने विश्वास गरिएको छ । चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, शिवहरी पौडेल, सन्दिप क्षेत्रीका साथमा नायिका नीता ढुंगानाको अभिनय छ । चलचित्रले देशभरका करिब ७० हलमा प्रदर्शनको चाजोपाजो मिलाएको छ ।

३. पराई : स्वर्गिय निर्देशक शिव रेग्मी निर्देशित भएकाले पनि ‘पराइ’को चर्चा आकाशिएको छ । नन्दिता केसी, गरिमा पन्त, निरज बराल, गोविन्द शाही अभिनित यो सिनेमा पारिवारिक कथामा तयार भएको छ । चलचित्रका गीतसंगीत र बिषयवस्तु काठमाण्डौ बाहिरका दर्शकले मन पराउने विश्वास गरिएको छ । नेपालमा फरकधारका सिनेमा भन्दै विभिन्न चलचित्र निर्माण भैरहेको समयमा ‘पराइ’ले भने नेपाली सिनेमाकै फर्मुला समातेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?