Comments Add Comment

नगरकोटबाटै देखिन्छ सगरमाथा (फोटोफिचर )

शब्द/तस्वीर : भरतबन्धु थापा

 विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकबाट हेर्न कसलाई पो मन नलाग्ला ! कतिलाई थाहा नहोला, राजधानी नजिकैबाट पनि सगरमाथा देख्न सकिन्छ । राजधानी नजिकै नगरकोटबाट सगरमाथ स्पष्टरुपमा देख्न सकिने कमैलाई मात्र जानकारी छ अहिलेसम्म ।

sagarmatha-1
नगरकोटबाट देखिएको विश्वको सर्वोच्च शिखर सगरमाथा ।

मौसम सफा भएको समयमा, विशेष गरी मध्य दिनपछि सगरमाथा स्पष्टरुपमा देख्न सकिन्छ । नगरकोटको टावरबाट सगरमाथा हेर्नलाई सबैभन्दा उपयुक्त हुन्छ । नगरकोट सूर्योदय हेर्नका लागि विश्वकै उत्कृष्ट १० स्थानमध्ये पर्दछ ।

sagarmatha-4
नगरकोटबाट देखिएको लाङटाङ हिमश्रृंखलाको दृश्य ।

विदेशीमात्र नभई काठमाण्डौवासी पनि थकान मेट्न नगरकोट जाने गर्छन् । विदेशीहरु सूर्य उदाएको तथा हिमश्रंृखलाको मनोरम दृश्य हेर्नका लागि नगरकोट जाने गर्दछन् । नगरकोटमा पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएता पनि सगरमाथासमेत हेर्न सकिने जानकारी गराउन सकिए यहाँको पर्यटकीय आकर्षण अरु बढ्ने देखिन्छ ।

sagarmatha-5
आरम गर्दै हिमाल हेर्दै स्वदेशी तथा विदेशी पर्यटकहरु ।

नापी विभागले आफ्नो प्रायोजनका लागी निमार्ण गरेको टावर नै यतिबेला दृश्वालोकन गर्ने टावर बनेको छ, यतिबेला नगरकोटमा । यो टावर पनि निकै पुरानो भएका कारण कुनै पनि भत्कने खतरा छ । यदि नगरकोटमा व्यवस्थित टावरको निर्माण गर्न सकेमा सगरमाथाको दृश्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा अझ वृद्धि हुने बताउँछन् नगरकोट-नालदुम पर्यटन विकास समितिका दिपक लामिछाने ।

sagarmatha-7
दुरवीनबाट सर्वोच्च शिखर सगरमाथा हेर्दै विदेशी पर्यटक ।
sagarmatha-8
सूर्य अस्ताउँदा देखिएको लाङटाङ हिमश्रृंखलाको दृश्य ।
sagarmatha-9
सूर्य अस्ताउँदा देखिएको पुवरी हिमालको दृश्य ।
sagarmatha-11
सूर्य अस्ताउँदा देखिएको लाङटाङ हिमालको दृश्य ।
sagarmatha-13
सूर्य अस्ताउँदा देखिएको दोर्जे लाक्पा हिमालको दृश्य ।
sagarmatha-16
एकाबिहानै नगरकोट टावरबाट देखिएको दृश्य ।
sagarmatha-19
दोर्जे लाक्पा हिमाल ।
sagarmatha-20
लाङटाङ हिमश्रृखलाको दृश्य ।
sagarmatha-21
नगरकोट टावर ।
sagarmatha-23
बिहानको चियाको चुस्कीसँगै सूर्य उदाएको हेर्दै पर्यटक । विश्वका उत्कृष्ट दश स्थान मध्येमा नगरकोट पनि सूर्य उदाएको हेर्न ठाउँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment