Comments Add Comment

नेपालमा सवारीको संख्या १७ लाख नाघ्यो

hyundai-santa-fe-trail-1पुस मसान्तसम्म नेपालमा यातायातका साधनहरुको संख्या १७ लाख नाघेको छ । जसमध्ये ११ लाख ५६ हजार ५ सय २४ मोटरसाइकल रहेका छन भने ३ लाख ६७ हजार ६ सय २८ अन्य साधन रहेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म गत वर्षको सोही अवधिको तुलनामा सवारी साधनको संख्या १४.१५ प्रतिशतले बढेका हुन् । गत वर्षको पुस मसान्तसम्म नेपालमा १४ लाख ९४ हजार ४६ सवारी दर्ता भएका थिए ।

क्षेत्रगत अवस्था

यातायात व्यवस्था विभागका अनुसार पुस मसान्तसम्म सबैभन्दा बढी काठमाडौं क्षेत्रमा ७ लाख ७८ हजार ७ सय ७३ सवारी दर्ता भएका छन् । जसमध्ये ६ लाख ६ हजार ९ सय ४९ मोटरसाइकल रहेका छन भने १ लाख ७१ हजार ८ सय २४ अन्य साधन रहेका छन् ।
विराटनगर क्षेत्रमा २ लाख ४८ हजार १२ सवारी दर्ता भएका छन भने जनकपुर क्षेत्रमा १ लाख ६ सय २१ सवारी दर्ता भएका छन् । वीरगञ्ज क्षेत्रमा ३ लाख ८६ हजार ७ सय ६१, पोखरा क्षेत्रमा १ लाख २० हजार ३ सय ८३, रिद्धार्थनगर क्षेत्रमा १ लाख ८२ हजार २ सय ७२, नेपालगञ्ज क्षेत्रमा ६ हजार ४ सय ९५ र धनगढी क्षेत्रमा ४६ हजार ६३ सवारी दर्ता भएका छन् ।

क्षेत्र मोटरसाइकल अन्य सवारी जम्मा
काठमाडौं ६०६९४९ १७१८२४ ७७८७७३
विराटनगर २०९३२५ ३८६८७ २४८०१२
जनकपुर ९२६४० ७९८१ ९०००१
वीरगञ्ज २७७४६२ १०९२९९ ३८६७६१
पोखरा ९२४४० २७९४३ १२०३८३
सिद्वार्थनगर १६९०९ १३६३ १८२७२
नेपालगञ्ज ५८४७ ६४८ ६४९५
धनगढी ३६१८० ९८८३ ४६०६३
जम्मा १३३७७५२ ३६७६२८ १७०५३८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment