+
+
Shares

नेपाल र इटलीवीच आर्थिक सम्बन्ध विस्तारमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ९ गते १७:१९

९ असार, काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ध्रुव कुमार श्रेष्ठले नेपाल र इटलीवीच लगानी तथा व्यापारका क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताएका छन् ।

सोमबार नेपालका लागि इटलीका अवैतानिक महावाणिज्य दूत रविभक्त श्रेष्ठ र इटलीका लागि नेपाली राजदूतसँग भएको छलफलमा श्रेष्ठले सो कुरा बताएका हुन् । उनले दुई देशवीच रहेका सम्भावनाहरुलाई अवसरको रुपमा उपोग गर्नुपर्ने धारणा राखे ।

छलफलमा राजदूतले नेपाल इटली उद्योग वाणिज्य संघको हितका लागि दुतावासले आवश्यक सहयोग गर्ने आश्वासन दिए । महावाणिज्यदूत रविभक्त श्रेष्ठले संघलाई ईटलीसँगको सम्बन्ध विस्तारमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?