Comments Add Comment

ब्राजिललाई प्रतिद्वन्द्वी छान्ने मौका !

नेदरल्याण्डका प्रशिक्षक लुइस भान गालले फिफाले खेल तालिका बनाउँदा चलखेल भएको आरोप लगाएका छन् । तर, ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारी भने फिफाले आयोजकलाई प्रतिद्वन्द्वी छान्न दिएको आरोपलाई कमजोर मानसिकताको संज्ञा दिन्छन् ।

समूह एमा रहेको आयोजक ब्राजिलले समूह चरणको दुई खेल नेदरल्याण्डभन्दा पहिला खेल्यो तर, तेस्रो खेल समूह बीको भन्दा पछि खेल्दैछ । नेदरल्याण्डका प्रशिक्षक भान गालले भनेका छन्-‘यो निश्चिक्ष भएन । मलाई लाग्छ, विश्वकपमा धेरै आयोजक राष्ट्रले लाभ पाउँछ ।’

ब्राजिल रहेको समूह एको विजेताले नेदरल्याण्ड रहेको समूह बीको उपविजेतासँग खेल्नेछ । दुई उपाधि दावेदार पि्र क्वाटरफाइनलमै भिड्ने सम्भावना छ, जुन दुबै टोलीको इच्छा होइन । त्यसैले नेदरल्याण्डको खेल हेरेर ब्राजिलले मंगलबार विहान क्यामरुनसँग बराबरी खेल्न सक्ने धेरेको अनुमान छ ।

भान गाल आफूले रोज्न पाउने हो भने अन्तिम १६ मा ब्राजिलसँग नखेल्ने बताउँछन् । यद्यपि समूह एबाट अघिल्लो चरणमा पुग्ने सम्भावना बोकेको मेक्सिको र कोष्टारिका दुबै कमजोर टोली भने नभएको उनले बताए ।

तर, ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारी भने आफूहरु अघिल्लो चरण छनोट हुन खेल्ने बताउँछन् । उनी भन्छन्-‘हामी छनोट हुन खेल्छौं न कि विपक्षी छान्न ।’ फिफाले आयोजकलाई प्रतिद्वन्द्वी छान्न दिएको आरोपलाई उनी मूर्ख र कमजोर मानसिकताको संज्ञा दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment