Comments Add Comment

इराकमा १७ दिनमा एक हजारभन्दा बढी मारिए : राष्ट्र संघ

१० असार, जेनेभा । इराकको उत्तरी र पश्चिमी क्षेत्रको ठूलो भूभाग इस्लामी लडाकूहरूले नियन्त्रणमा लिएका छन् र यस अभियानमा यस महिना उनीहरूले एक हजार भन्दा बढी व्यक्तिको हत्या गरेको संयुक्त राष्ट्र संघले दिएको छ ।

जुन ५ देखि २२ सम्मको १७ दिनको अवधिमा एक हजार ७५ व्यक्तिको मृत्यु भएको तथा ६५८ व्यक्ति घाइते भएको संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयका एक प्रवक्ता रूपर्ट कोलभिलले जेनेभामा पत्रकारहरूलाई बताए । कोलभिलले यस सङ्ख्यालाई सकेसम्म न्यूनतम सङ्ख्याको रूपमा लिन आग्रह गरे ।

उनले निनेवे, दियाला तथा सलाह अल-दिनमा मर्नेमा ७५७ व्यक्ति सामान्य नागरिक परेको तथा अन्य ५९९ व्यक्ति घाइते भएको जानकारी दिए । उनले नागरिक, प्रहरी तथा सैनिकलाई सोझै हत्या गरिएको बताए ।

बग्दाद तथा दक्षिणका भागमा कम्तीमा ३१८ व्यक्तिको मत्यु भएको र ५९० व्यक्ति घाइते भएको बताइएको छ । यीमध्ये केही सुरक्षाकर्मी पनि परेको बताइएको छ । मर्नेमध्ये धेरैको गाडीमा राखिएको बमका कारण मृत्यु भएको जानकारी दिइएको छ ।

इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्ट (आईएसआईएल) का जिहादीको नेतृत्वमा लडाकूहरूले जुनको आरम्भदेखि पाँच प्रान्तको धेरै भागलाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरू हाल बग्दादबाट १०० किलोमिटर मात्र पर रहेको बताइएको छ ।

अपहरण गरिएकामा धेरै विदशी नागरिक पनि रहेको बताइएको छ । यसमा ४८ टर्कीका नागरिक र ४० भारतीय नागरिक पनि परेका छन् । आईएसआईएलले मोसुललाई नियन्त्रणमा लिँदा टर्कीका नागरिक अपहरणमा परेका हुन् भने इराकी निर्माण कम्पनीका लागि काम गर्ने ४० भारतीय नागरिकलाई पनि अपहरण गरिएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment