Comments Add Comment

बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

११ असार, सोलुखुम्बु । नौ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका चौरीखर्क सोलुखुम्बुका पासाङनुरु शेर्पालाई जिल्ला अदालत सोलुखुम्बुले १० वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले १० वर्ष कैद सजाय र पीडितलाई एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । बालिकालाई शेर्पाले गत चैत ३० गते बलात्कार गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment