बाजिलियन स्टार नेयमार अहिले चर्चाको चुलीमा छन् । घरेलु मैदानमा भएको विश्वकपमा ब्राजिललाई उपाधि दिलाउन सक्ने खेलाडीका रुपमा उनलाई हेरिएको छ र उनी पनि मैदानमा चम्किरहेका छन् ।
नेयमारसँग सन् २०१२-१३ मा केही समय अफेयर रहेकी पट्रिसिया जोर्डन पनि चर्चामा आउने कोशिश गरेकी छन् । ब्राजिलको प्लेब्वाय पत्रिकाको जुन अंकमा आफ्नो कभर पेजमा ‘मिस कप’ शीर्षमा उनको अर्धनग्न तस्वीर छापेको छ ।
अफेयर टुटेको एक वर्षभइसक्दा पनि प्याटि्रसियाले नेयमारलाई विर्सिएकी छैनन् । उनले नाइक कम्पनीले नेयमारका लागि बनाएको शर्टमा तस्वीर खिचाएकी छन् ।
तर, पत्रिकाले अनुमति नलिइ आफ्नो तस्वीर प्रयोग गरेको भन्दै नेयमार अदालत गएका छन् । साओ पाओलो अदालतले पनि उनको माग अनुसार प्लेब्वायलाई आफ्नो जुन अंक बजारबाट उठाउन भनेको छ । साथै ४५०० डलर जरिवाना समेत गरेको छ ।
प्रतिक्रिया 4