+
+
Shares

प्रिन्टिङ मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

२५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १२:०३

२८ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ ।

२५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको विभागले आइतबार सूचना जारी गर्दै जनाएको छ ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।

यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?