Comments Add Comment

प्रतिनिधि छनोटपछि एमाले बेलायतमा किचलो

ध्रुबराज अर्याल

लण्डन । पार्टीको नवौं राष्ट्रिय महाधिवेसनको संघारमा नेकपा एमाले बेलायतमा विवाद चुलिएको । माधव नेपाल र केपी ओली लाइनका दुई गुटमा स्पष्ट विभाजित कार्यकर्ताबीच महाधिवेसन प्रतिनिधी चयनको विषयमा उत्पन्न विवादलेे मतभेद झनै बढाइदिएको छ । विवाद बढ्दै जांदा दुबै पक्षका कार्यकर्ता फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत आरोप प्रत्यारोपमा उत्रिन थालेका छन ।

महाधिवेसनमा भाग लिने एक महिलासहित दुई प्रतिनिधीको नाममा दुई पक्षबीच सहमति जुटन नसकेपछि गत साता निर्वाचन गरिएको थियो । त्यसक्रममा माधव नेपाल पक्षका मानिने बेलायत एमालेका अध्यक्ष रामशरण सिंखडा र उनकै पक्षकी सुष्मा राई विजयी भए । उनीहरुले ओली पक्षका भक्त गुरुङ र विमला सेनेलाई झिनो मतअन्तरले पराजित गरे । तर निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै ओली पक्षले चुनावमा धाँधली भएको भन्दै परिणाम स्वीकार नगर्ने बतायो ।

निर्वाचनका समितिका सबै सदस्यहरुसंगको मिलेमोतोमा अध्यक्ष सिंखडाले धांधली गरेर चुनाव जितेको उनीहरुको दाबी छ । बेलायतबाहिर रहेका सदस्यको नाममा समेत मत हालिएको, हुलाकबाट मतपत्र पठाउने काम सहमतिविपरित एकलौटी रुपमा गरेको, मतपत्र कति छापिए भन्ने समेत आफुहरुलाई जानकारी नगराएको लगायतका आरोप ओली पक्षले लगाएको छ ।

उनीहरुले प्रवास इन्चार्ज भिम रावलले पनि नेपाल पक्षका प्रतिनिधी चयन गर्नकै लागि पार्टीकै विधानमा नभएको व्यवस्था गरेर एक महिला प्रतिनिधी अनिवार्य भनेर पत्र पठाएको दाबी गरेका छन । एमाले बेलायतका सल्लाहकार तथा महाधिवेसन प्रतिनिधीका पराजित उम्मेदवार भक्त गुरुंगले भने, ‘ठुलो अनियमितता गरेरै चुनाव जितेको घोषणा गरिएको छ , यो परिणाम हामीहरुलाई स्वीकार्य हुनै सक्दैन, यसबारे पार्टी केन्द्रबाट छानबिन होस भन्ने हामी चाहन्छौं । ‘

उता माधव नेपाल पक्षले भने ओली समुहको आरोपको सिधै खण्डन गरेको छ । निर्वाचन समिति गठनदेखि निर्वाचन सम्पन्न गर्दासम्मको सिंगो पक्रिया नै दुवै पक्षको सहमति र सहभागितामा गरिएको भन्दै उनीहरुले धांधलीको आरोप मित्थ्या भएको बताए । महाधिवेसन प्रतिनिधीमा निर्वाचित अध्यक्ष सिंखडाले भने, लोकतन्त्रको सुन्दरता भनेकै निर्वाचनको परिणाम स्वीकार गर्नुर् हो, यो त जबजको पनि सार हो । आफनो पक्षमा नभएपछि चुनाव नै धांधली भएको हुने संस्कार अन्त्य हुन आवश्यक छ ।’

निर्वाचन समितिका संयोजक कमलराज खनालले पनि निर्वाचन निष्पक्ष भएको दाबी गरे । बेलायत एमालेका संगठन विभाग प्रमुख खनालको संयोजकत्वमा गठित निर्वाचन समितिमा आर्थिक विभागका कृष्ण भण्डारी र प्रचार विभागका कुमार केसी सदस्य थिए । निर्वाचन समिति गठनका बेला सदस्यहरुको नाममा ओली पक्षले समेत सहमति गरेकोे थियो ।

निर्वाचनमा अनियमितता भएको भन्दै त्यसको छानबिनका लागि ओली समुहले केन्द्रलाई आग्रह समेत गरिसकेको छ । शिघ्र छानबिनको माग गर्दै एमाले केन्द्रिय सचिवालयमा पत्र पठाएको पराजित उम्मेदवार गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment