Comments Add Comment

रोबिनले आफैं लडेर रेफ्रीलाई झुक्याए !

Arjen-Robben-1

नेदरल्याण्डका स्टार स्ट्राइकर आर्जेन रोबिनमाथि मेक्सिकोविरुद्धको खेलमा आफैँ लडेर पेनाल्टीका लागि रेफ्रीलाई झुक्याएको आरोप लागेको छ ।

तर, उनले खेलका क्रममा आफूले रेफ्रीलाई प्रभावित पार्न डाइभ हानेको तर, अन्तिम समयमा पाएको निर्णायक पेनाल्टीमा भने त्यसो नभएको दावी गरेका छन् ।

दोस्रो हाफको सुरुमा नै मेक्सिकोले अग्रता लिएपनि निर्धारित समय सकिन २ मिनेट बाँकी छँदा स्नाइडरले बराबरी गरे । लगतै अतिरिक्त समय सकिन २ मिनेट मात्र बाँकी छँदा रोबिनलाई मेक्सिकोका कप्तानले फल गरेको भन्दै रेफ्रीले नेदरल्याण्डले पेनाल्टी दिए, जसमा क्लास जोन हल्टलरले गोल गर्दै टोलीलाई क्वाटरफाइनलमा पुर्‍याए ।

मेक्सिकोका प्रशिक्षक मिगुइल हरेराले खेलका क्रममा रोबिनले डाइभिङ गर्दै रेफ्रीलाई झुक्याएको बताए । तर, रोबिन डच टीभीसँग भनेका छन्-म त्यसका लागि क्षमा चाहन्छु । पहिलो हाफमा मैले डाइभ गरेको हो । तर, अन्तिमको पेनाल्टीमा होइन ।’

बार्सिलोना पूर्व डिफेन्डर समेत रहेका मेक्सिकोका कप्तान राफेल माक्र्वेजले भनेका छन्-‘मैले खेलपछि रोबिनसँग कुरा गरेँ । उनले त्यो पेनाल्टी थिएन भनेका छन् ।’ उनले पहिलो फल पेनाल्टी भएको तर, नदिएको बताएको मेक्सिकोका कप्तानले दावी गरेका छन् ।

मेक्सिकोका स्ट्राइकर जाभियर हर्नान्डेजले निकै शंकास्पद पेनाल्टी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment