Comments Add Comment

वैशालु जोडीले यौनक्रिडा गरेपछि यात्रुलाई लाजमर्नु

कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखानै छ । यस्तो भएको छ अस्टि्रयामा । एक जोडी तन्नेरी-तरुनीले रेल स्टेशनमै सम्भोग गरेपछि देख्नेलाई लाजमर्नु भएको छ ।

भूमिगत रेलमार्गको स्टेशनमा यौनउत्तेजनाले खपिनसक्नु भएर एक प्रेमजोडीले सम्भोग गर्न थालेपछि रेलका यात्रुलाई देखिनसक्नु भयो । समाचार अनुसार राजधानी भियनाको निउ डुनाउस्थित भूमिगत रेल स्टेशमा यस्तो घटना भएको छ ।

sex underground

रेलका यात्रुले चिच्याएर गाली गरिरहँदा तथा होहल्ला हुँदा समेत ती युवायुवतीले आफ्नो नित्य कर्म छाडेनन् । सार्वजनिक रुपमै यस्तो क्रिडा गर्ने युवायुवतीलाई देख्दा कति यात्रुले त पत्याउने सकेनन्, भने कतिले लाज पचेका भन्दै मुन्टो बटारे ।

कतिपयले त्यो रोमाञ्भक दृश्यको भिडियो तथा तस्वीरहरु क्यामरा र मोबाइलमा कैद गरे । प्रत्यक्षदर्शीका अनुसार केटा र केटीले आफ्नो तल्लो वस्त्र झारेर यौनक्रिडा गरिरहेका थिए । राजधानीको मध्यभागमा यस्तो कार्य गर्ने उनीहरु मदिराको नशामा भएको हुनसक्ने अनुमान गरियो ।

प्रहरीले सार्वजनिक स्थानमा त्यस्तो अश्लील कार्य गर्ने केटा केटीको खोजी गरिरहेको छ । यदि उनीहरु पक्राउ परे भने उनीहरुलाई जेल सजाय र जरिवाना दुबे हुनेछ । यसबाट उनीहरुले चुकाउनुपर्ने मूल्य होटलको कोठा भाडामा लिएको भन्दा निकै चर्को हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment