Comments Add Comment

दुःख पर्दा रणवीर हैन सलमान खोज्छिन कट्रिना

salman ranbir and katrinaसलमान खान र कट्रिना कैफको अफेयर समाप्त भैसक्यो । कट्रिना यतिखेर रणवीर कपुरसँग डेटमा मस्त छिन । उनीहरुले छिटै बिहे गर्न लागेका समेत खवरहरु आइरहेका छन् ।

तर, सलमान कट्रिनाको जीवनबाट अझै हटन सकेका छैनन् । अझै पनि उनीहरुवीचको मित्रता भने कायमै छ । जब कुनै ठूलो दुःख वा समस्या पर्छ, अझै पनि कट्रिना सलमानलाई सम्झिन्छिन् । सलमानलाई आफ्ना दुःख सुनाउन र सहयोग लिन पछि पर्दिनन् ।

हालै मुम्बईमा भएको एक घटनाले कट्रिना–सलमान मित्रताको गहिराई प्रष्ट्याउँछ । जहाँ उनले आफ्ना प्रेमी रणवीर हैन पूर्व प्रेमी सलमानको सहयोग लिइन् ।

कट्रिना फिल्म बैंङबैंङको सुटिङ गरिरहेकी थिइन् । त्यतिकैमा मेकअप आर्टिष्ट संघका सदस्यहरु त्यहाँ पुगे र कट्रिनाको मेकअप गरिरहेका कलाकारलाई बिना रजिष्ट्रेसन सो काम नगर्न आग्रह गरे । जसले गर्दा उनको फिल्मको सुटिङ रोकियो ।

कट्रिनाले फटाफट सलमानलाई फोन गरेर आफ्नो समस्या सुनाइन् । सलमानले त्यहाँ पुगेका मेकअप आर्टिष्टलाई फोन गरी समस्या समाधान गरिदिए । फिल्मको सुटिङ पुनः सुरु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment