+
+

सोसल मिडियामा नआउने रणवीरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २२ गते ९:४०

ranbir-kapoorबलिउडका धेरैजसो स्टारहरु ट्वीटर, फेसबुक, इन्स्टाग्राम लगायतका सोसल नेटवर्किङ साइटमा जोडिएका छन् । त्यहाँ उनीहरु आफ्ना फ्यानसँग अन्तरक्रिया गर्छन, महत्वपूर्ण पलका तस्वीरहरु अपलोड गर्छन् ।

सोसल मिडियामा फ्यान, फलोअरको संख्याकै आधारमा स्टार भ्यालू दिन थालिसकिएको छ । अमिताभ बच्चन, साहरुख खान, सलमान खान लगायतका स्टारहरुका लाखौं फ्यान छन् । तर, अहिलेका बलिउड स्टार रणवीर कपुर यो खेलमा छैनन् ।

उनी अहिलेसम्म फेसबुक, ट्वीटर लगायत कुनै पनि सामाजिक संजालमा आबद्ध छैनन् । आखिर किन ?

आफ्ना भाई अरमान कपुरको फिल्म प्रोमोसनका क्रममा मिडियासँग कुरा गर्दै रणवीरले तुरुन्तै सामाजिक संजालमा जोडिने कुनै योजना नरहेको खुलाए ।

‘सोसल नेटवर्किङ साइटमा जोइन गर्ने कुनै प्लान छैन’ त्यसको कारण खुलाउँदै रणवीरले भने–‘सामाजिक संजालमा आएर मैले फ्यानसँग अन्तरक्रिया गर्न थालेँ भने मेरो भाऊ घट्छ, फ्यानको ममाथि कुनै रुची हुँदैन् त्यसैले म सामाजिक संजालमा आउँदिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?