Comments Add Comment

नेयमार विना ब्राजिलको जित सम्भव छ ?

Brazil-celebration
फाइल फोटो

स्टार स्ट्राइकर नेयमार घाइते भएपछि विश्वकपको उपाधि जित्ने ब्राजिलको लक्ष्यमा धेरैले आशंका गरेका छन् । स्वाभाविक नै हो कि स्टार स्ट्राइकर विना ब्राजिल केही समस्यामा हुनेछ ।

तर, नेयमार विना ब्राजिल अघि बढ्नै सक्दैन भन्ने सोच्नु भने गलत हुनेछ । पाँच पटकको विश्वकप विजेता र फुटबलको अर्को परिचय जस्तै बनेको ब्राजिलका टोलीमा उसलाई फाइनलसम्म पुर्‍याउन सक्ने खेलाडीहरु छन् । कप्तान थिएगो शिल्भाको भनाइ मान्ने हो भने त अब ब्राजिलियन टोलीले घाइते नेयमारकै लागि भएपनि विश्वकप जित्नु पर्नेछ र टोलीले शोकलाई शक्तिमा बदल्नेछ ।

मेरुदण्डको एउटा हड्डी भाँचिएपछि विश्पकप गुमाएका नेयमारले पनि टोलीमाथि विश्वास गर्दै विश्व च्याम्पियन बन्ने आफ्नो सपना पूरा गर्न आहृवान गरेका छन् ।

उसो भए जर्मनीविरुद्धको सेमिफाइनलमा कसले जिताउँछ त ब्राजिललाई ?

स्कोलारी तिनै प्रशिक्षक हुन्, जसले २००२ मा पछिल्लो पटक ब्राजिललाई विश्व च्याम्पियन बनाए । उनले टोलीमा काका, रोनाल्डिन्होसहितका स्टार खेलाडीको सट्टा युवा खेलाडीहरुको बाहुल्यता छ ।

नेयमार छाएको विश्वकपमा ब्राजिलको फर्वाडहरु हल्क, फ्रेड र जो खासै चलेका छैनन् । तर, कोलम्बियाविरुद्ध फ्रेडको प्रदर्शन सन्तोजकनक नै रहृयो ।

तर, ब्राजिलको टोलीमा ओस्कार छन्, जो यसअघि १० नम्बरको जर्सी लगाउँथे । २०१३ मा नेयमारले १० नम्बर रोजेपछि उनी हाल ११ नम्बरमा छन् । २२ वर्षीय विंगर ओस्कारले ३६ खेलमा १० गोल गरेका छन् । प्लेमेकरको राम्रो भूमिका निभाउन सक्ने भएका कारण उनलाई ओजिल र काकासँग तुलाना गर्न गरिन्छ ।

विपक्षीका लागि सँधै खतरा रहने उनी सटिक पास दिन माहिर छन् । इंग्लिस क्लब चेल्सी गएपछि उनी स्ट्राइकरका पछाडी बसेर गोलको अबसर सृजना गर्न बढी सक्रिय रहे ।

२१ वर्षीय बर्नार्ड ब्राजिलका अर्का सम्भावना बोकेका फुटबलर हुन् । विंगर बर्नार्ड शाख्तर डोनेश्कबाट व्यवसायिक फुटबल खेल्छन् । २०१२ मा डेब्यू गरेका उनी घरेलु मैदानमा भएको विश्वकपको समूह चरणमा बैकल्पिक रुपमा मैदान प्रवेश गरेका थिए ।

उनले १३ खेल खेलेका छन् र एक गोल गरेका छन् । उनी भन्छन्-यो अवस्थाको हामीले कल्पना नै गरेका थिएनौं । तर, अब हामी परिपक्क हुनुपर्छ र हामीलाई हाम्रो जिम्मेवारी थाहा छ ।’ ब्राजिलको टोलीमा विश्वकपको फाइनलमा पुग्न र उपाधि सक्ने क्षमता भएको उनले बताएका छन् ।

कप्तान थिएगो शिल्भाले दोहोरो पहेँलो कार्डका कारण जर्मनीविरुद्ध सेमिफाइनल गुमाउनेछन् । उनको अनुपस्थितिमा टोली दबावमा हुनेछन् । तर, उनको स्थानमा डान्टे मैदान उत्रनसक्नेछन् । बार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्ने डान्टे सेन्ट्रल मिडफिल्डर हुन् तर, डिफेन्सिभ मिडफिल्डर र लेफ्ट फुलब्याकका रुपमा समेत खेल्छन् ।

डेभिड लुइज, ड्यानी अल्भेस, मार्सेला स्कोलारीको पहिलो रोजाइमा पर्दै आएका छन् । विलियन, माइकोन, हेनरिक, म्याक्सवेल पनि स्कोलारीका विकल्प छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment