+
+

महाधिवशेनस्थलमा मन्त्रीको फोटो सेसन

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते ६:१५

२३ असार, काठमाडौं । भृकुटीमण्डपस्थित एमालेको महाधविशेनस्थलमा विचारको बहस भन्दा नेता कार्यकर्ताले गर्ने क्रियाकलाप घतलाग्दा देखिन्छन् । अध्यक्षका दाबेदारदेखि केन्द्रीय सदस्यका उम्मेदवार भनिएकाहरु समेत अहिले कार्यकर्तामाझ पुग्न तँछाड-मछाड गरिरहेका छन् ।health-camp-ma-photo-shoot

कार्यकर्तामाझ पुगेर फोटो खिचाउन अध्यक्षका उम्मेदवार माधवकुमार नेपालको सक्रियता चाख लाग्दो छ । नेता नेपालले शनिबार सय बढी कार्यकर्तासँग अंगालो हालेर फोटो खिचाए । आइतबार भने पालो थियो, स्वास्थ्यमन्त्री खगराज अधिकारीको । महाधिवेशनस्थलको स्वास्थ्य शिविर अनुगमन गर्न पुगेका मन्त्री अधिकारीलाई एमालेकै कार्यकर्ता भनिएका स्वास्थ्यकर्मीले फोटो खिचाउन तानेको दृश्य कम्ता रोचक थिएन । स्वास्थ्य शिविरमा रहेका विभिन्न विभाग मन्त्री पुग्नेवित्तिकै स्वासथ्यकर्मी फोटो खिचाउन इच्छा देखाइजान्थे । शिविरमा रहेका करिब सयको हाराहारीका चिकित्सकहरुले मन्त्रीलाई घुमाई घुमाई फोटो खिच्न भ्याए ।

सुरक्षागार्डलाई अघिपछि लगाएर स्वास्थ्य शिविरमा पुगेका एमालेका नेतासमेत मन्त्री अधिकारीले करिब आधा घण्टा समय फोटो खिचाउन बिताए । दस्तावेजबारे छलफल गर्न एमालेले समूह विभाजन गरिरहेका बेला पुगेका मन्त्री अधिकारीलाई सुरक्षागार्डको समेत प्रवाह नगरी फोटो खिचाउन तानिरहेका थिए ।मन्त्रीलाई देख्नेवित्तिकै स्वास्थ्यकर्मीहरु एकलदेखि समूहमा फोटो खिचाउन तानातान गरिरहेका देखिए । दन्त विभाग नजिकै पुगेपछि मोटो ज्यान भएकी एक महिला स्वास्थ्यकर्मीले मन्त्री अधिकारीलाई च्याप्पै समाइन् । ग्रुप फोटो खिचाउन हत्तारिएका अन्यलाई ठेल्दै मोबाइल निकालेर उनले भनिन्, ‘लौ मेरो र मन्त्रीज्यूको फोटो खिच त ।’

उनले फोटो खिचि नसक्दै मन्त्री अधिकारी र उनका बीचमा अर्की महिला घुसिहालिन् । मन्त्रीसँग फोटो खिचाउन आतुर स्वास्थ्यकर्मीहरु मन्त्रीको छेउमा कुम जोडाउँदै फिस्स हाँस्थे । मन्त्री अधिकारी पनि के कम, उनी पनि फिस्स हाँस्दै फोटो खिचाउँथे । अनि स्वास्थ्यकर्मी भन्थे, ‘मन्त्रीज्यूसँगको फोटो साह्रै राम्रो आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?