Comments Add Comment

स्वरेजले टोकेको नदेख्ने रेफ्रीले ब्राजिल र जर्मनीलाई खेलाउने

Marco-Rodríguez

विश्वकप फुटबलमा ब्राजिल र जर्मनीबीचको सेमिफाइनल खेलमा मार्को रोड्रिग्वेज रेफी रहने भएका छन् । फिफाले बुधबार विहान १:४५ मा हुने सेमिफाइनल खेलाउने बताएको छ ।

मार्को रोड्रिग्वेज इटली र उरुग्वेबीचको समूह चरणको खेलमा पनि रेफ्री थिए । खेलको अन्त्यतिर उरुग्वेका लुइस स्वरेजले इटलीका डिफेण्डर जर्जियो चेलिनीलाई कुममा टोकेका थिए । चेलिनीले जर्सी सार्दै चोट देखाएपनि रेफ्री रोड्रिग्वेजले कुनै कमद चाल्न अस्वीकार गरेका थिए ।

तर, फिफाले स्वरेजले टोकेको पुष्टि गर्दै ९ अन्तराष्ट्रिय खेलसहित चार महिने प्रतिवन्ध लगाएको छ । मेक्सिकोको रोड्रिग्वेजले विश्वकपको समूह चरणमा बेल्जियम र अल्जेरियाको खेल पनि खेलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment