Comments Add Comment

सुवेदीलार्इ अर्थमा पठाउने निर्णयबाट वामदेव पछि हटे

२४ असार, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमको ठाडो प्रस्तावमा विवादास्पद सहसचिव भरत सुवेदीलाई अर्थ मन्त्रालयमा गरिएको सरुवा रोकिएको छ ।bharat-subedi

बन्द सत्रमा एमाले सम्बद्ध कर्मचारीहरुले सरुवाको विरोध गरेपछि त्यसले महाधिवेनमा आफ्नो पक्षलाई नै असर पुर्‍याउने भएपछि कार्यवाहक प्रधानमन्त्री गौतमले सुवेदीको सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सोमवारको क्याबिनेटले सुवेदीलाई सरुवा गरे पनि सरुवाको पत्र भने रोकिएको छ ।

स्रोतले भन्यो,’क्याबिनेटले सुवेदीको सरुवा स्वीकृत त गर्‍यो । तर सरुवाकेा चिठी बनिसकेको छैन । बन्दसत्रमा एमाले सम्बद्ध कर्मचारीले विरोध जनाएपछि कावा प्रधानमन्त्री गौतमले मन्त्रिपरिषद कार्यालयलाई तत्कालका लागि रोक्नु भनेर निर्देशन दिनुभएको छ ।’

यसअघि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुवेदीलाई अष्ट्रेलियाको पीआर लिएको भन्दै अर्थ मन्त्रालयमा सरुवा गर्न अस्वीकार गर्दै आएका थिए । पण्डितले सुवेदीलाई शिप विकास केन्द्र, खुमलटारमा काजमा सुरुवा गरे पनि उनले पत्र बुझ्न अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका रहेका बेला हालै बसेको मन्त्रिपरिषद् बैठकमा कार्यवाहक प्रधानमन्त्री गौतमले अर्थमन्त्री डा. रामशरण महतको जोडमा सुवेदीलाई अर्थमा सुरुवा गर्ने प्रस्ताव लगेका थिए । विवादास्पद सहसचिव सुवेदीलाई अर्थमा सुरुवा गर्ने प्रस्ताव आएपछि प्रशासनमन्त्री पण्डितले मन्त्रिपरिषद् बैठकसमेत बहिस्कार गरेका थिए ।

यो पनि पढ्नुस् :

पीआरवाला सहसचिवसँग हारे सामान्य प्रशासनमन्त्री पण्डित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment