Comments Add Comment

करोड खर्च गरिएको श्रीकृष्ण-स्वेताको बिहे र पार्टी (फोटो फिचरसहित)

shreekrishna-and-sweta-in-bihe-party

सोमबार बिहे बन्धनमा बाधिएका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले सोही दिन बिहे पार्टी पनि आयोजना गरे । यो जोडीले संचालन गर्दै आएको ‘इन्द्रेणी होटल’मा भव्य भोजको आयोजना गरियो । जहाँ नेपाली सिनेमासँग आवद्ध व्यक्तिहरुको उपस्थिती कमजोर देखियो ।

पार्टीमा नायकहरु भन्दा नायिकाहरु धेरै देखिए । श्रीकृष्णसँग सिनेमा खेलेका, नखेलेका नायिकाहरु पार्टीमा देखिए । श्रीकृष्णसँगै काम गरेका र नयाँ हिरोहरु भने देखिएनन् । श्रीकृष्णलाई शुभकामना दिन नायक सुमन सिंह, दीलिप रायमाझी, कलाकार दीपकराज गिरी, निर्माता रोज राणा, निर्माता सुनिलकुमार थापा, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतका चलचित्रकर्मी देखिए ।

नायिकाहरुको उपस्थिती भने दरिलो देखियो । रेखा थापा, झरना थापा, अरुणिमा लम्साल, संचिता लुइटेल, रेजिना उप्रेती, सुमिना घिमिरे, दीपाश्री निरौला पार्टीमा देखिए ।

एक हजार भन्दा धेरै पाहुनाहरुलाई बोलाएर श्रीकृष्णले भव्य भोजको आयोजना गरे । नायिका स्वेता खड्का र नायक श्रीकृष्ण श्रेष्ठलाई भने अतिथीहरुको शुभकामना थाप्दैमा भ्याई नभ्याई देखियो । बिहेका लागि करोड खर्च भएको बताइएको छ । बिहे सामान्य तबरले गरे भने श्रीकृष्ण-स्वेताले पार्टी भने भव्य दिएका थिए ।dipa-diip-gharana

sunil-and-jharana

manoj-and-anju niraj-with-his-wife

shree-sweta-rekha-and-rejina

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment