Comments Add Comment

झलनाथले माधवलाई सघाउने विश्वास छैन : ओली

२४ असार, काठमाडौं । नवौं महाधिवेशनमा एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अध्यक्षका लागि झलनाथ खनालले माधवकुमार नेपालाई सघाउने कुराको आफूलाई विश्वास नलागेको बताएका छन् ।

भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले अहिले पनि खनालले आफूलाई सघाउने बताइरहेको दावी गरे । ‘झलनाथ खनाललाई सर्वसम्म अध्यक्ष बनाउने हो भने म त्यसका लागि तयार छु’ उनले भने-‘तर, सर्वसम्मतका नाममा मैले १५ वर्ष खाएँ अब ५ वर्ष खान पाउनुपर्छ भन्ने कुरामा भने समर्थन गर्न सकिन्न ।’

ओलीनिकट प्रतिनिधिको भेला प्रज्ञा भवनमा

केपी ओलीको पक्षमा रहेका नवौं महाधिवेशनका प्रतिनिधिहरुको भेला मंगलबार साँझ प्रज्ञा भवन कमलादीमा हुने भएको छ ।

ओलीनिकट नेताहरुले प्रज्ञा भवनमा हुने भेलालाई ‘ग्रयान्ड भेला’ को संज्ञा दिएका छन् । बुधबारबाट शुरु हुने निर्वाचन प्रक्रियाको संघारमा गरिन लागेको भेलालाई अर्थपूर्णरुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment