Comments Add Comment

झलनाथले केपीलाई पनि समर्थन गर्नुभएको छैन : वामदेव

२४ असार, काठमाडौं । पार्टी अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल र केपी ओली दुबैलाई समर्थन नगरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताएका छन् । नेपाल र ओली दुबैले आफूलाई खनालको समर्थन रहेको दाबी गरिरहेका बेला गौतमले भने खनाल कतै नखुलेको बताए ।

भृकुटीमण्डपमा रहेको एमालेको मिडिया सेन्टरबाट सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भने-‘उहाँले कसैलाई समर्थन गर्नु भएको छैन । माधव नेपाललाई पनि गर्नुभएको छैन र केपी ओलीलाई पनि समर्थन गर्नुभएको छैन । मतदान गर्ने बेलासम्म पनि उहाँ खुल्नुहुँदैन ।’

गौतमले पार्टी अध्यक्ष खनालको सबैभन्दा नजिकको आफू भएको दाबी समेत गरे । खनाल पक्षका सबै नेपालतिर लागेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने-‘उहाँको पक्षमा मजत्तिको उभिएको कोही छैन । उहाँको पक्षमा मसहितको फौज थियो । कमाण्डर कतातिर छन्, सहकमाण्डर कता छन् भन्ने हो । केही सहकमाण्डर अन्तै लागे पनि सिंगो फौज र जवान मसितै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment