+
+

कर्णालीमा पानीको बहाव बढेसँगै अधिकांश झोलुङ्गेपुल जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते ८:३५

३१ असार, बाजुरा । कर्णाली नदीमा पानीको बहाव बढेसँगै पहाडी जिल्लाका झोलुङ्गेपुल जोखिममा छन् । यो वर्ष कर्णाली नदीमा पानीको बहाव उच्च छ । पानीको बहावले पुल क्षेत्रको जमिन कटान गरेपछि यस क्षेत्रका जनतालाई सास्ती भएको हो ।

सुदूर र मध्यपश्चिका पहाडी जिल्ला, बाजुरा, हुम्ला, कालीकोट, मुगु, अछाम र दैलेेख जिल्लाका झोलुङ्गेपुलहरु जोखिममा परेको हुम्ला जिल्लाका मैला गाविसका बागदल मल्लले जानकारी दिए ।

बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा रहेका बाधु र वाई गाविसलाई जोड्ने घाटस्थित कर्णालीे झोलुङ्गेपुल, जगन्नाथ जुकोट जोड्ने पिलुचौर झोलुङ्गेपुल, गोत्री साप्पाटा जोड्ने बालुवा खोलाको पुल, कोल्टी कोटिला जोड्ने दैयाको पुल र बारबिर कुल्देमाण्डौँ जोड्ने बार्जुगाड झोलुङ्गेपुल अहिले जीर्ण भएका कारण मान्छे तथा चौपाया आवतजावत गर्नसमेत कठिनाइ भइरहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराका सदस्य रमबहादुर शाहीले बताए ।

सडक सञ्जालले अहिलेसम्म जोडिन नसकेका बाजुरा, हुम्ला र मुगु जिल्लाका जनताको मुख्य बाटोको बीचमा पर्ने कर्णाली नदी वारपारका जनतालाई यो समस्या रहेको छ । बीचको एक पुल मात्र भत्किने हो भने हुम्ला-बाजुरा र बाजुरा-मुगुको बाटो पूर्ण रुपमा बन्द हुने मुग जिल्ला हृयाङ्लु गाविस-४ का मनवीर शाहीले जानकारी दिनुभयो ।

गएको महिना मात्र मर्मत कार्य सम्पन्न भएको बिच्छाँया गाविसको देउसैन कोट जोड्ने झोलुङ्गेपुल कमजोर काठको प्रयोगका कारण बीचबीचमा प्वाल परेर ढुङ्गा राखेर तर्नुपर्ने समस्या भएको छ । उक्त पुल जिल्ला प्राविधिक कार्यालय बाजुराले यस वर्षको बजेटबाट मर्मत गरेको स्थानीयवासी देवबहादुर थापाले जानकारी दिए ।

यस्तै पिलुचौरस्थित झोलुङ्गेपुलको छापु साइडमा बगाउने खतरा बढेको छ । पानीको बहाव उच्च भएका बेला कर्णाली झोलुङ्गेपुलभन्दा माथि भएर बग्ने गरेकाले वारपारमा कठिनाइ हुनुका साथै झोलुङ्गेपुलसमेत बगाउने डर बढेको स्थानीय व्यापारीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?