Comments Add Comment

महोत्तरीमा एक व्यक्ति मृत भेटिए

३१ असार, महोत्तरी । महोत्तरीको रामनगर-७ मा एक व्यक्ति मृत फेला परेका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत टुटेश्वरनाथ महादेव जाने बाटोको रतौली-६ का ३० वर्षीयसुनिलकुमार ठाकुर मृत फेला परेका हुन् ।

ठाकुर सडक छेउ रूखमा झुन्डिएको अवस्थामा फेला परेको   प्रहरी निरीक्षक रमेश सुवेदीले जानकारी दिए  । ठाकुरको शव नाइलनको डोरीमा पासो लगाई झुन्डिरहेको अवस्थामा फेलाका थिए । ठाकुरको शवनजिकै लोकमार्गको छेउमा ज ४५ प ७४६६ नम्बरको मोटरसाइकल पनि भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालाई रहस्यमय भन्दै अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment