Comments Add Comment

खोलामा बेपत्ता बाबुछोरी ९ दिनसम्म पनि भेटिएनन्

३१ असार,सुर्खेत । सुर्खेतमा काठे पुलबाट खोला तर्दै गर्दा खोलामा खसेर बेपत्ता भएका बाबुछोरीको नौ दिन बितिसक्दा पनि कुनै पत्तो लाग्न सकेको छैन ।

विद्यालयबाट छोरीलाई लिएर आएका खगेन्द्र आचार्य छोरीसँगै लाटिकोइली र उत्तरगङ्गा गाविस जोड्ने काठे पुलबाट चिप्लिएर बेपत्ता गत असार २३ गते साँझ भएका थिए । प्रहरीले व्यापक खोजी गर्दा पनि खगेन्ऽ र उनकी छोरी मीनालाई फेला पार्न नसकेको जनाएको छ ।

प्रत्येक दिन प्रहरीले खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रानीघाट प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीले खोजी कार्य अझै जारी राखेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment