+
+

माधव नेपालले दिए केपी ओलीलाई बधाइ !

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते ११:१६

३१ असार, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विजेता केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।पार्टीलाई एकतावद्ध बनाएर बुहदलीय जनवादको भावनाअनुरुप अघि बढाउने आग्रह गर्दै नेता नेपालले पार्टीमा राम्रो संकृति निर्माणका लागि आफू लागि पर्ने बताएका छन् ।madhav-nepal

निर्वाचनमा पराजित भएलगत्तै मंगलबार साँझ वक्तव्य जारी गर्दै नेता नेपालले ओलीसहित सबै विजयी पदाधिकारीलाई बधाइ दिएका हुन् ।

‘महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. के.पी. शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाइ ज्ञापन गर्दछु, नेपालले भनेका छन्- ‘साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।’

 पराजित नेता नेपालले महाधिवशेनका सन्दर्भमा सबै मतदातालाई पनि धन्यवाद ज्ञापन गरेका छन् । नेपालले मंगलबार साँझ जारी गरेको वक्तव्यमा भनेका छन् -‘नेकपा एमालेको नवौं महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा सहभागी हुनुभएका सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्दछु । उक्त मतदानामा म र मेरो समूहको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

बहुदलीय जनवादको भावना अनुसार अघि बढ्न आग्रह

 नेपालले पार्टीलाई अझ बलियो र एकतावद्ध बनाएर अघि बढ्न विजेतालाई सुझाव दिएका छन् । पार्टीमा आफू सु-स्पष्ट विचार र असल सँस्कृतिसहितको जनताप्रति समर्पित पार्टी बनाउन लागिपर्ने उनले बताएका छन् ।

‘जनताको बहुदलीय जनवादको भावनाअनुरुप हामीले अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास छ,’ नेपालले भनेका छन्- ‘नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि नेकपा एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?