Comments Add Comment

व्यवसायीक कफी खेतीको प्रवर्द्धन आवश्यक : कोइराला

३२ असार, सिन्धुपाल्चोक । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यवसायिक कफी खेतीको प्रवर्द्धन आवश्यक भएको बताएका छन् ।shankar koirala

सिन्धुपाल्चोकको सुकुटेमा नव निर्मित कफी प्रशोधन तथा भण्डारण केन्द्रको बुधवार उद्घाटन गर्दै कोइरालाले नेपालमा उत्पादित अर्गानिक कफीले अन्तर्राष्ट्रिय ख्याती पाएकाले यसको व्यवसायिक क्षमतामा वृद्धि गर्नु आवश्यक रहेको बताएका हुन् ।

उनले भने,’कफी किन्नेहरु विदेशबाट घर दैलोमै आएका छन् । कफी खेतीका लागि भौगोलिक अनुकूलता छ । जनताको जीवनस्तर उठाउन निर्वाहमुखीबाट व्यवसायिक खेती गर्नुको विकल्प छैन् ।’  सरकारले कृषि क्षेत्रको आधुनिकीकरण व्यावसायिक खेतीका लागि थुप्रै सहुलियत दिने गरेको बताउँदै उनले त्यसको प्रतिफल घरदैलोमा पुर्‍याउन सहकारी अभियान सफल हुने विश्वास व्यक्त गरे ।

सिन्धुपाल्चोकका ३४ वटा गाविसको १२० हेक्टर क्षेत्रफलमा कफी खेती लगाइएको छ । जहाँ २२ सय घरधुरी कृषक कफी खेतीमा संलग्न छन् । सिन्धुपाल्चोकमा वर्षेनी उत्पादन हुने १२ टन कफी कोरिया निकासी हुने गरेको छ । उत्पादकहरुले ५ वर्षभित्र उत्पादन बढाएर ५० मेटि्रक टन पुर्‍याउने लक्ष्य राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment