Comments Add Comment

अर्थमन्त्रीले भने- जोखिम कम गर्न ‘क्रेडिट रेटिङ’ गर्छौं

१३ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुको जोखिम कम गर्न परियोजनाहरुको क्रेडिट रेटिङ गरिने बताएका छन् ।

आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले लगानीकर्ताहरुलाई विश्वस्त बनाउन क्रेडिट रेटिङ गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

लगानीको प्रतिफल आउने सम्भावना कत्तिको छ भन्ने विषयमा जानकार नभइ लगानीकर्ता विस्वस्त नहुने र विस्वस्त पार्नका लागि क्रेडिट रेटिङ गरिने अर्थमन्त्री खतिवडाले बताए ।

क्रेडिट रेटिङ गर्नका लागि एजेन्सीहरु सञ्चालनमा छन् । यस्ता एजेन्सीले व्यवसाय वा आयोजनाको मूनाफा कमाउन सक्ने क्षमता वा टाट पल्टिन सक्ने सम्भावनाको अध्ययन र मूल्यांकन गर्दछ । अध्यनन र मूल्यांकन पछि लगानीकर्ताहरु लगानीका लागि विश्वस्त हुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

वैदेशिक लगानी भित्र्याउन सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै उनले विदेशी लगानी भित्र्याउन नसके नेपाल सधैं गरिबीमुनि रहने बताए । सुरक्षा निकायदेखि हरेक नागरिकले विदेशी लगानीकर्तालाई मुस्कानसहित स्वागत गर्नसमेत अर्थमन्त्री खतिवडाले अपिल गरेका छन् ।

‘सबैले विदेशी लगानीकर्तालाई मुस्कानसहित स्वागत गरौं, सुरक्षा निकायले पनि एयरपोर्टदेखि यहाँ रहँदासम्म राम्रो सुरक्षाको प्रवन्ध गर्नेछ’ अर्थमन्त्री खतिवडाले भने, ‘यसमा सबैको साथ सहयोग हुनेछ भन्ने अपेक्षा छ ।’

मुलुकमा लगानीको वातावरण बनाउन नसके रोजगारीका लागि नेपाली विदेशीने अवस्था अन्त्य नहुने भन्दै उनले सरकारले लगानी प्रवर्द्धन कसरी गर्छ भन्ने बुझाउन पनि सम्मेलन महत्वपूर्ण हुने बताए ।

लगानीका लागि ऋण प्रवाह गर्ने विकास साझेदार र परामर्शदातासहित सबै सरोकारवालालाई एकैठाउँमा अन्र्तक्रिया गराउन सम्मेलन महत्वपूर्ण हुने अर्थमन्त्रीको दाबी छ ।

‘डुईङ बिजनेस इन्डेक्स’मा सुधार गर्न सकिन्छ भनेर विश्व बैंकले स-साना सुझावसहितको रिपोर्ट दिएको भन्दै उनले यसलाई कार्यान्वयन गर्न सरकारले काम गरिरहेको बताए । यसका लागि निजी क्षेत्रले समेत सहयोग गर्नु पर्ने अर्थमन्त्रीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment