Comments Add Comment

निजी क्षेत्रले भन्यो : लगानी सम्मेलनभर नकारात्मक नबोलौं, नलेखौं

१३ चैत, काठमाडौं । आगामी शुक्रबार शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनलाई सकरात्मक रुपमा लिनु पर्ने उद्योगी-व्यवसायीहरुले बताएका छन् ।

सम्मेलनका विषयमा जानकारी दिन बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनका विषयमा सकारात्मक बन्न आग्रह गरे ।

अध्यक्ष शर्माले सम्मेलन अवधिभर नकरात्मक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरे । विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भइरहेको भन्दै उनले यो बेला नकारात्मक समाचार लेख्दा विदेशी लगानीकर्ताहरुको मनोवल घट्न सक्न्े बताए ।

विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भइरहेको भन्दै उनले यो बेला सकारात्मक कुरा प्रवाह गर्न सके मुलुककै लागि फाइदा पुग्ने भन्दै त्यसतर्फ सोचिदिन सञ्चार माध्यमहरुसँग आग्रह गरे ।

‘मिडियाहरुले पनि यो दुई-चार दिन साना साना नेगेटिभ कुराहरु प्रचार प्रसार नगरौं, विदेशीहरुले बडो चाखपूर्वक पढ्छन्, यतिबेला कम्तिमा राम्रा कुरा मात्रै लेखौं’, अध्यक्ष शर्माले भने, ‘लामो समयपछि यति ठूलो संख्यामा विदेशी लगानीकर्ता आउनु सुखद पक्ष हो, यसलाई हामीले सकरात्मक ढंगबाट हेर्नु पर्याे ।’

कार्यक्रममा निजी क्षेत्रका संघ-संगठनहरुका अधिकांश जसो प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले नेपालमा लगानीको वातावरण बनेकाले सम्मेलनका लागि निजी क्षेत्र पनि उत्साहित रहेको बताइन् ।

उनले पनि निजी क्षेत्रले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सबैले सफल बनाउन लागि पर्नु पर्ने बताइन् । लगानीका लागि यतिबेला उपयुक्त वातावरण बनेको अध्यक्ष राणाले बताइन् ।

‘पहिले हामी विदेश भ्रमणमा जाँदा विदेशी लगानीकर्ताले तपाईंको देशमा स्थिरता छैन, उर्जाको समस्या पनि उस्तै छ, लगानीको वातावरण छैन भन्थे, अब त्यो अवस्था पनि रहेन’ उनले भनिन्, ‘अब भने लगानीको वातावरण बनेको छ ।’

उनले विदेशी र स्वदेशी लगानीकर्ता दुबैलाई प्रवर्द्धन गर्न सरकार तयार हुनुपर्ने बताइन् । यस विषयमा सरकारसँग महासंघले छलफल गरिरहेको पनि उनले बताइन् ।

धेरै हदसम्म नीतिगत सुधार भएको भन्दै उनले लगानी सम्मेलन उपलब्धीपूर्ण हुनेमा आफू विश्वस्त रहेको समेत सुनाइन् । निजी क्षेत्रकै अर्को संस्था नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि मुलुकमा लगानीको राम्रो वातावरण बन्दै गएको भन्दै यसलाई सकरात्मक रुपमा लिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment