Comments Add Comment

घाइते पर्यटक मजदुरलाई साढे ५ लाख सहयोग

NTVA-Final

३२ असार, काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)ले बुद्ध भेइकल सर्भिसमा कार्यरत सवारी चालक डम्बर बहादुर केसीलाई सहयोग गरेको छ ।

गत चैत २९ गते काभ्रेस्थित सल्लेमा दुर्घटना परि घाइते भएका उनलाई एनटीभीएले उपचारार्थ ५ लाख ६४ हजार ७३ रुपैयाँ सहयोग गरेको हो । सो रकम बुधबार राजधानीमा एक कार्यक्रमका बीच संघका कार्यवहाक अध्यक्ष भीम गोलेले हस्तान्तरण गरे ।

सवारी चालक केसीको दुर्घटनामा परि उपचार गराउँदा दायाँ खुट्टाको घुँडा सहितको भाग काटेर फाल्नु परेको थियो । सोही कार्यक्रममा घाइते केसीलाई बुद्ध भेइकल सर्भिसले आजीवन रोजगारीको व्यवस्था गरिएको समेत जानकारी गरायो । सर्भिसका अध्यक्ष साङ्गे लामाले जस्तो काम गर्न सक्छ सोही अनुसारको काम उनलाई दिइने जानकारी गराए । सोही कार्यक्रममा अन्र्तराष्ट्रिय रेडक्रस सोसाइटीले उनलाई १ लाख रुपैयाँ बराबरको कृतिम खुट्टा उपलब्ध गराएको छ ।

कर्मचारी/मजदुरको हकहीतका लागि २०६८ सालमा स्थापना गरेको मजदुर कल्याणकारी कोषलाई पुनः सञ्चालन गर्ने संघका कार्यवाहक अध्यक्ष भीम गोलेले जानकारी गराए । उनले मजदुरहरुलाई समस्या पर्दा सहयोग गर्न कठीनाइ भएको भन्दै आफ्नै कार्यकालमा सो काम सम्पन्न गर्ने बताए ।

यस कोषमा प्रत्येक व्यवसायीले न्यूनतम रकम संकलन गर्नु पर्ने, जसले गर्दा आगामी दिनमा कर्मचारी तथा मजदुरमा भैपरी आउने समस्यालाई कोषबाट सहयोग प्रदान गर्न सकिने संघका निवर्तमान अध्यक्ष तथा महालक्ष्मी भेइकल सर्भिसका प्रबन्ध निर्देशक रामहरी शर्माले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment