Comments Add Comment

हर्षिकाको कस्तो रोल, संवाद नहुँदा भयो डामाडोल

harshika-shrestha

सिने क्षेत्रमा उदाउन खोजेर पनि असफल भैरहेकी नायिका हुन्, हर्षिका श्रेष्ठ । ‘मुखौटा’ प्रचारमा खुबै देखिएकी यी हिरोइन, सिनेमा चलेपछि भने गुपचुप नै भइन् । कारण थियो, ९ जना कलाकार मध्ये उनको मात्र चलचित्रमा संवाद नहुनु । यसले उनको आलोचना खुबै बढाइदियो ।

सिनेमा खेल्नु मात्र कलाकारको सफलता होइन । दर्शकको नजरमा पर्नु र बक्स अफिसमा कमाल गर्नु पनि उसको सफलता हो । तर नायिका श्रेष्ठमा यो कुरा लागू भएको छैन । यता, हालै मात्र प्रदर्शनमा आएको चलचित्र ‘नागबेली’मा पनि उनको भूमिकालाई लिएर चर्चा भैरहेको छ । चलचित्रमा उनको खासै धेरै संवाद छैन । के अब, यी नायिका संवाद बिहिन भूमिकालाई पनि स्विकार गरिरहेकी छिन् ?

नायिका श्रेष्ठले केही दिनअघि फेसबुकमा लेखिन्, उनले चलचित्र ‘नागबेली’ निर्देशक गोविन्द राई र लेखक दीपेन्द्र लामाका लागि खेलेकी हुन् । तर सिनेमा कुनै व्यक्ति भन्दा पनि दर्शकका लागि खेलिन्छ भन्ने कुरा उनलाई थाहा नभएको हुनसक्छ । सिनेमाका उनको भूमिकालाई लिएर चर्को आलोचना भएपछि फेसबुकमा उनले मौनता तोडेको हुनसक्छ । जे भएपनि हर्षिकाको संवाद बिहिन भूमिकाले भने उनलाई असफलता दिलाएपनि चर्चा भने दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment