Comments Add Comment

मुम्बई अन्तर्राष्ट्रिय ज्वेलरी महोत्सवमा नेपालको सहभागिता

१ साउन काठमाडौं । बिहीबारदेखि भारतको मुम्बईमा आयोजना हुने अन्तर्राष्ट्रिय ज्वेलरी महोत्सव मा नेपाल पनि सहभागि हुने भएको छ । ६ दिनसम्म सञ्चालन हुने सो महोत्सवमा नेपालको तर्फबाट सो मेलामा वाणिज्यमन्त्री सुनिल थापा र केही आभूषण व्यवसायीहरु ऋाज भारत जाँदैछन् । महोत्सवमा विश्वभरका आभूषण व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ ।

इसअघि नै नेपालको निजीक्षेत्रको तर्फबाट सो मेलामा भाग लिन नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष मनिषलाल प्रधानको नेतृत्वमा २७ सदस्यीय टोली मुम्बई प्रस्थान गरिसकेको छ ।

वश्वको तेश्रो ठूलो तथा दक्षिण एशियाकै ठूलो उक्त महोत्सवमा उक्त टोलीले आयोजकका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । टोलीले नेपालमा सुनचाँदी गरगहना सम्बन्धी नीति नियम बनाउन भारतमा भएको नीति नियमको विषयमा जानकारी लिने जनाइएको छ । संघका अनुसार नेपालमा पाउने बहुमूल्य पत्थरलाई कसरी प्रवर्द्धन गर्ने बारेमा पनि जानकारी लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment