
१२ चैत, भोजपुर । भोजपुर नगरपालिकामा आगलागीमा परेर एक घर नष्ट भएको छ । नगरपालिकाको वडानम्बर २ हेलौछास्थित छोक्लामा मनसेर राईको घर जलेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
आगलागीमा परि घरमा रहेको लत्ता कपडा, काठपात, २ तोला सुन जलेर नष्ट भएको हो । दिउँसो लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएकोले अन्यत्र फैलन नपाएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डपकुमार राजवंशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4