+
+

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सोढ २४ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते ११:०५

४ साउन काठमाडौं ।  काठमाण्डौ न्यूरोडमा कर्पोरेट कार्यालय रहेको सांगि्रला डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०७०/७१ ऋाषास मसान्त सम्ममा २४ करोड ६७ लाख  रुपैयाँ संचालन मनाफा कमाएको छ ।  यस अबधिमा बैकले  ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको बेैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए ।

Shangrila  dev bank  logo
बैकले २४ वटा शाखा कार्यालय र ७ वटा ए टी एम  बाट आफ्ना ग्राहकहरुलाई आधुनिक मोबाईल बैंकिङ,, ईन्टरनेट बैकिङ,, लकर सेवा, एटिएम सेवा तथा सुनचांदी धितो कर्जा सेवा प्रदान गर्दै आईरहेको छ । बैंकका  १ लाख १९ हजार ग्राहक छन ।
बैंकले आफ्नो पोखरा, दुलेगौंडा तनहंु, बाग्लुङ तथा अमरापुरी नवलपरासी लगायतका शाखा कार्यालयहरुबाट अति विपन्न वर्गका ब्यक्तिहरुलाई सामुहिक जमानीको आधारमा बिना धितो लघुबित्त कर्जा समेत प्रदान गर्दै आईरहेको डेपुटी कार्यकारी अधिकृत दिनेश थकालीलेे बताए  ।
नेपालगञ्    जमा केन्द्रीय कार्यालय रहेको वागेश्वरी डेभलपमेन्ट बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको सांग्रीला डेभलपमेन्ट बैंक हालै एक आपसमा गाभिएर राष्ट्रिय स्तरको  साँगि्रला डेभलमेन्ट बैंक लिमिटेड  बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?