+
+

गरिमा विकास बैंकको नाफा १६ करोड बढी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते ११:३९

४ साउन काठमाडौं । पोखरा महेन्द्रपुलमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंकले आर्थिक वर्ष २०७०/७१ मा १६ करोड १५ लाख रुपैयाँ संचालन नाफा कमाएको छ ।

प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालका अनुसार बैंकले यस अबधीमा ४ अर्व रुपैयां भन्दा बढि निक्षेप संकलन गरी करिब ३ अर्व ५० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको संचालन मुनाफा गत वर्षको तुलनामा ६८ प्रतिशतले बढी भएको उनले बताए । बैंकको निष्त्रिmय कर्जा शून्यको तहमा रहेको छ ।

बैंकले पोखरामा महेन्द्रपुल, सभागृहचोक र बाटुलेचौर समेत ३, स्याङजामा स्याङजा, वालिङ र गल्याङमा समेत ३, पाल्पामा तानसेन र रामपुर समेत २, पर्वतमा कुश्मा, फलेवास र हुवास समेत ३, रुपन्देहीमा बुटवल र भैरहवा समेत २ र कपिलवस्तुको जितपुर मा १ गरी जम्मा १४ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?