Comments Add Comment

सुर्खेतमा पुजीँगततर्फको झण्डै ५८ प्रतिशत बजेट फ्रिज

कृष्ण आचार्य

५ साउन सुर्खेत । आर्थिक वर्ष २०७०/०७१ मा सुर्खेत जिल्लामा पुँजीगत तर्फको ४२ प्रतिशत बजेट मात्रै खर्च भएको छ । पुजीगततर्फ कुल २ अर्ब ७३ करोड ८१ ल्ााख ८४ हजार ६ सय ३१ रुपैंयाको अख्तियारी आएकोमा जम्मा १ अर्ब १६ करोड ७५ लाख ७० हजार ८५ रुपैंया मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ल्ाामा आएको पुजीगत बजेट मध्ये झडै १ अर्ब ५४ करोड रुपैया पि|mज भएको भएको कोष नियन्त्रक शक्ती पौडेलले जानकारी दिनुभयो । चालुतर्फ भने झण्डै ३५ करोड भन्दा बढी रकम पि|mज भएको छ । चालुतर्फ जिल्लामा आएको कुल ४ अर्ब १९ करोड ९७ लाख रपैयाँमध्ये आर्थिक वर्ष २०७०/०७१ को असार मसान्तसम्ममा ३ अर्ब ८५ करोड ३३ लाख मात्रै खर्च भएको छ ।

सुर्खेतमा पुजीगत तर्फ आएको सबैभन्दा धेरै भेरी बबइ डाइभर्सनको लागी आएको १ अर्ब ५ लाख रकम मध्ये आथर्र्किबर्षको अन्त्यसम्ममा १ करोड ६२ लाख २९ हजार मात्रै खर्च भएको छ भने अरु सबै बजेट पि|mज भएको छ । अहीलेसम्म पनि ठेक्का सम्झौता हुन नसकेको भेरी बबइ डाइभर्सनको बजेट लगभग १ प्रतीशतमात्रै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment