८ साउन काठमाडौं । विहीबार अमेरिकी डलरको मुल्यमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा प्रतिअमेरिकी डलरको मुल्य २३ पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार एक डलरको खरिदमुल्य ९५ रुपैयाँ ८६ पैसा र बिक्री मुल्य ९६ रुपैयाँ ४६ पैसा रहेको छ । बुधबार खरिदमुल्य ९६ रुपैयाँ ९ पैसा र बिक्री मुल्य ९६ रुपैयाँ ६९ पैसा थियो ।