Comments Add Comment

‘डिभोर्स’का लागि फेसबुक जिम्मेवार

divorceफेसबुकको प्रयोग पछिल्लो समयमा बढेसँगै पारिवारिक विखण्डन समेत बढेको एक अध्ययनले देखाएको छ ।
अमेरिकामा गरिएको अध्ययन अनुसार फेसबुकको प्रयोगमा २० प्रतिशत बढोत्तरी हुँदा सम्बन्ध विच्छेदका घटनामा ४ प्रतिशतले वृद्धि भएको छ ।
कम्प्युटर इन ह्युमन बिहेविएर नामक जर्नलमा छापिएको शेाध प्रतिवेदनमा भनिएको छ, ‘मानिसहरु जो फेसबुक, टि्वटर लगायतका सोसल नेटवर्किङ साइटमा बढि समय बिताउँछन् त्यस्ता मानिसहरुको वैवाहिक जिवन बेखुसी हुनुका साथै सम्बन्ध विच्छेदका बारेमा पनि बढि सोँचाइ आउने गरेको पाइयो।’
यद्यपि शोधकर्ताहरुले आफ्नो शोधले फेसबुक र सम्बन्ध विच्छेदबीचको कारण-असर सम्बन्ध स्थापित नगरेको भन्दै यसका लागि अझै बढि व्यक्तिगत डाटाहरु आवश्यक पर्ने बताएका छन् । अध्ययनका क्रममा अमेरिकाका हरेक राज्यहरुमा फेसबुक प्रयोगको दरमा भएको वृद्धि तथा ती राज्यहरुको सम्बन्ध विच्छेदको दरबीच तुलना गरिएको थियो ।
फेसबुकको प्रयोग बढेका राज्यहरुमा आगौँ वर्षमा सम्बन्ध विच्छेदका घटना समेत बढेको पाइएको भएपनि सम्बन्ध विच्छेद गर्नेहरुले नै नयाँ फेसबुक अकाउण्ट खोलेका हुन् होइनन् भन्ने कुरा भने थाहा हुन सकेन । वास्तवमा नयाँ अकाउण्ट खोल्नेहरु को हुन् भन्ने कुरा शोधकर्ताहरुले पत्ता लगाएका छैनन् ।
स्मरण रहोस् गएकेा वर्ष बेलायतमा गरिएको एक अध्ययनले पनि सम्बन्ध विच्छेदका घटनामा फेसबुक जिम्मेवार रहेको देखाएको थियो । सम्बन्धविच्छेदका लागि अदालतमा पर्ने मुद्दामध्ये एक तिहाइ मुद्दाको फिरादपत्रमा फेसुबक भन्ने शव्द परेको थियो ।
विज्ञहरुका अनुसार फेसबुक जस्ता सामाजिक संजालहरुले विवाहित महिला पुरुषलाई परपुरुष वा परस्त्री सँग सम्बन्ध गाँस्न सजिलो बनाएका छन् । सम्बन्ध विच्छेदका मुद्दामा अदालतमा पक्षहरुले पेश गर्ने प्रमाण कागजहरुमा समेत विपक्षीले फेसबुकमा पोष्ट गरेका सामाग्रीहरु समेत पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment