Comments Add Comment

आन्दोलनमा आफ्नो संलग्नता नभएको घिसिङको स्पष्टोक्ति

Chilime-Aandolane
९ साउन, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक कुलमान घिसिङले विभिन्न माध्यमबाट अहिले भइरहेका गविधिहरुमा आफ्नो कुनै सलग्नता नरहेको स्पष्ट पारेका छन् । घिसिङलाई चिलिमेको प्रबन्ध निर्देशकबाट हटाउने निर्णय भएपछि विभिन्न विरोधका गतिविधिहरु भइरहेका छन् ।

घिसिङले विज्ञप्ती जारी गर्दै भनेका छन- अहिले भइरहेका गतिविधिहरुमा मेरो संलग्नता छ भन्ने समचारप्रति ध्यानकर्षण भएको छ, स्थानीय समुदायले स्वस्फूर्त रुपमा गरेको यसखाले गतिविधिमा मेरो संलग्नता छ भन्ने विषय निराधार र कपोलकल्पित हो ।

उनले चिलिमे कम्पनीको प्रबन्ध निर्देशक रहे वा नरहेपनि निर्माणाधिन आयोजनाहरुलाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्नेतर्फ सहयोग गर्ने स्पष्ट पारेका छन् । जलविद्युतको विकास गरी आर्थिक क्रान्ति गर्ने मोडेलको रुपमा स्थापित चिलिमे जलविद्युत कम्पनीलाई आजको उचाइमा पुर्‍याउन आफु लगायत आयोजनाहरु सञ्चालनमा प्रत्यक्ष संलग्न सहकर्मीहरुको ठूलो त्याग र तपश्या रहेको उनको भनाई छ ।

चिलिमे कम्पनीले रसुवाली जनतालाई दिएको १० प्रतिशत शेयरले उनीहरुको सम्बृद्धिको ढोका खोलिदिएको घिसिङले बताएका छन् । हाल चिलिमे हाइड्रोपावर कम्पनीको मुख्य लगानीमा सहायक कम्पनीमार्फत १०२ मेगावाटको मध्यभोटेकोशी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो साञ्जेन र ४२.५ मेगावाटको साञ्जेन गरी कुल २७० मेगावाटका ४ वटा आयोजनाहरु निर्माण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment