बलिउड स्टारहरु बिभिन्न स्पोर्टस क्लवमा लगानी गरिरहेका छन् । धेरै स्टारको रुची क्रिकेट क्लवमा देखिए पनि बिग वी पुत्र अभिषेक बच्चन भने कबड्डीतिर आर्कषिर्त भएका छन् ।
अभिषेकले हालै राजस्थानी कबड्डी टीम ‘जयपुर पिंक प्यान्थर्स’को स्वामित्व लिएका छन् । कबड्डी लिगको तयारीमा रहेको आफ्नो टीमको तयारीबारे जानकारी लिन उनी हालै जयपुर पुगेका थिए ।
अभिषेकले सानै उमेरदेखि आफ्नो सम्बन्ध कबड्डीसँग जोडिएको बताए ।
पिता अमिताभ बच्चनले सानैदेखि कबड्डी खेल्न सिकाएको र बिद्यार्थी उमेरमा आफु नियमित कबड्डी खेल्ने गरेको उनले खुलाए ।
अहिले पनि उनी आफ्नो ट्वीटरमार्फत् टीमलाई हौसाइरहेका हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4