Comments Add Comment

पाँच सय बढेर सुनको भाउ साढे ५३ हजार पुग्यो

gold११ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर किनबेच भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ५३ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ५३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँ बढेर ५३ हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार तेजाबी सुन तोलाको ५२ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

बजारमा चाँदी भाउ तोलामा १३ रुपैयाँ बढेको छ । महासंघका अनुसार आइतबार चाँदी तोलाको ८ सय २८ रुपैयाँ रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment