Comments Add Comment

पाल्पामा राष्ट्रिय वाणिज्य बैंकको शाखा पुन:स्थापित

Nepal-Bank-Palba-Branch

११ साउन काठमाडौं । सशस्त्र द्वन्दका कारण पाल्पाको आर्यभन्ज्याङ्गबाट १२ वर्षअघि विस्थापितभएको राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनस्थापना गरेको छ ।  वैंकको १५५ औंशाखा हो । पुन:स्थापित शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कामु गभर्नर गोपालप्रसाद काफ्लेले गरे ।

सो अवसरमा काफ्लेले वित्तीय पहुँच र समावेशिता अभिवृध्दि गर्ने सरकार र राष्ट्र बैंकको नीति अनुरुप पूर्ण सरकारी स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना गरिएको बताए । सानो रोजगारीका निम्ति विदेशिने प्रवृत्तिको रोक्न बैंकसँग सहकार्य गरीस्थानीय स्तरमै उत्पादनशीलता र रोजगारी अभिवृद्धिमा योगदान पुराउन स्थानीय उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह समेत गरे ।

बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले विगतमा असहज परिस्थितिको कारण लेजर बोकेर गएको वैंक यस क्षेत्रका जनता प्रतिको सेवा भावले ओतप्रोत हुँदै आधुनिक कम्प्युटरीकृत सेवा लिएर आएको बताए । २०३५ सालमा स्थापित आर्यभन्ज्याङ शाखा शान्ति सुरक्षाको कारणले २०५९ सालमा पाल्पामा गाभिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले देशभरका ६६ जिल्लामा कुनै पनि शाखा बैंकिङ सेवा ‘एविविएस’ सहितका कम्प्युटरकृत १५५ शाखा कार्यालय, १४ वटा काउन्टर २८ वटा ब्रान्चलेस बैकिंगमार्फत १९ लाख ग्राहकलाई बैंकिङ सेवा पुरयाउँदै आएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment