+
+
Shares

सात जना अटाउने होन्डा मोबिलियो भारतमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते १४:०७

honda-mobilio

नयाँदिल्ली । प्रख्यात जापानीज लक्जरी कार निर्माता होन्डाले भारतीय बजारमा ७ सिट क्षमताको कार ‘मोबिलियो’ भारतीय बजारमा सार्वजनिक गरेको छ । भारतीय बजारमा मोबिलियोको शो-रुम मूल्य ६.४९ लाख भारुदेखि १०.८६ लाख भारु रहेको छ ।

मोबिलियो पेट्रोल इन्जिनमा ३ मोडल र डिजेल इन्जिनमा ४ मोडलमा उपलब्ध रहेको छ । यो कारको सबैभन्दा आकर्षक पक्ष यसले दिने माइलेज हो । डिजल इन्जिन भएको कारले २४.२ किलोमिटर र पेट्रोल इन्जिनयूक्त कारले १८.२ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

यो सेगमेन्टका कारहरुमा मोबिलियो सबैभन्दा बढी माइलेज दिने, पावरफुल इञ्जिन, ठूलो स्पेश भएको कारमा पर्ने बताइएको छ । यो कारको बाहिरी भित्री डिजाइन पनि आकर्षक रहेको छ ।

मोबिलियो कारमा ग्राउन्ड क्लियरेन्स १८९ एमएम रहेको छ । जसले गर्दा कच्ची सडकमा पनि कारमा मज्जाले सयर गर्न सकिन्छ । कारको लम्वाई ४.४ मिटर रहेको छ । यस कारमा होन्डाकै ब्रायो र अमेजको झलक मिल्नेछ ।

भारतीय शो-रूममा मोबिलियोको मूल्य

मोडल मूल्य भारूमा
र्इ पेट्रोल ६.४९ लाख
र्इ डिजल ७.८९ लाख
एस पेट्रोल ७.५० लाख
एस डिजल ८.६० लाख
भी पेट्रोल ८.७७ लाख
भी डिजल ९.७६ लाख
अारएस डिजल १०.८६ लाख
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?