१३ साउन, काठमाडौं । भारतिय मोटरसाइकल निर्माता कम्पनी बजाजको नयाँ डिस्कभर नेपाली बजारमा भित्रिएको छ । बजाजको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजले १२५ सीसीको नयाँ डिस्कभर सोमबार राजधानीमा सार्वजनिक गर्यो ।
नयाँ डिस्कभरमा जोस र होसको पर्फेक्ट कम्बिनेशन भएको कम्पनीले दाबी गरेको छ । बजाजको आफ्नै ४-भल्भ डीटीएस-आई प्रविधि प्रयो गरिएको यो बाइकले ११.५ पीएसको प्रभावशाली पावरसहित प्रतिलिटर ७६ किलोमिटर माइलेज दिने बताएको छ ।
यस अघि बजारमा आएको डिस्कभर-१२५ सीसीको विकसित रुपमा यो बाइकलार्इ बजारमा ल्याइएको हो । यो बाइकले जोस र होस दुबै खोज्ने ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
यस बाइकमा प्रयोग गरिएको डीटीएस-आई प्रविधिले २० प्रतिशत बढी पावर दिनुका साथै १५ प्रतिशत बढी इञ्जिन कार्यदक्षता देखाउने छ । साथै, सिंगल स्पार्क भएकोले प्रतिस्पर्धी बाइकले भन्दा २० प्रतिशत कम प्रदुषण गर्ने कम्पनीको दाबी छ ।
नयाँ डिस्कभर सय किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडिन सक्छ । जसले गर्दा लामो दुरीहरुका लागि यो बाइक उत्कृष्ट र आरमदायी हुने कम्पनीले जनाएको छ ।
यसमा इलेक्ट्रिक स्टार्ट, ग्याँस फिल्ड नाइट्रो क्लास लिडिङ ११.५ सीएसको ग्रेट पावर, क्लास लिडिङ १०.८ एन-एम र ९७.४५ पीएस/टनकाक्स सस्पेन्सन, लो मेन्टेनेन्स ब्याट्रि पेटल डिस्क ब्रेक र प्रिमियम एल्मिनियम साइड सेटहरु छन् । जसले डिस्कभरलाई शहरको व्यस्त सडकहरुमा आरामले बाइक चलाउन र राम्ररी ब्यालेन्स गर्न मद्दत गर्छ ।
कम्पनीले सिमित अवधिका लागी डिस्क ब्रेक भएको डिस्कभरको १ लाख ६७ हजार ९ सय रुपैयाँ र ड्रम ब्रेक भएकोलाई १ लाख ६२ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।
यो बाइक ग्रीन सिल्भर, मजेन्डा सिल्भर डिकल्स, इलेक्ट्रोन ब्लु, प्लाटिनम सिल्भर (ब्ल्याक आइस ब्लु डिकल्स), प्लाटिनम सिल्भर (ब्ल्याकगोल्ड डिकल्स) र वाइन रेड गरी ६ वटा कलरमा उपलब्ध रहेको छ ।
प्रतिक्रिया 4