+
+
Shares

सलमानले मागे डेढ अर्ब पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १५ गते ९:२४

Salmanयतिबेला सलमान खान अभिनित फिल्म ‘किक’ हलमा चलिरहेको छ । किकमार्फत् सलमान आफ्ना प्रतिस्पर्धी खानहरुको रकेर्डलाई तोड्न असफल रहे पनि अर्को एउटा नयाँ रेकर्डको किर्तिमान राख्दैछन् ।

भारतीय संचारमाध्यमका अनुसार सलमानले करण जोहोरले निर्देशन गर्न लागेको फिल्म ‘शुद्धि’का लागि १ सय ५० करोड अर्थात् डेढ अर्ब पारिश्रमिक मागेका छन् ।

दुवै पक्षले यसको आधिकारिक पुष्टि नगरेपनि स्रोतको हवाला दिँदै अधिकांश भारतीय संचारमाध्यमले समाचार लेखेका छन् ।

स्रोतका अनुसार सलमानले आफ्नो पारिश्रमिकका रुपमा पहिलो हप्ताका बेसिक कमाई, स्याटेलाइट् राइट्स बिक्रिको ४० प्रतिशत हिस्सा र फिल्मको कुल मुनाफाको ४० प्रतिशत हिस्सा माग गरेका छन् ।

यदि सलमानको मागअनुसार करणले पारिश्रमिक दिए भने यो भारतीय फिल्म इतिहासमै सवैभन्दा धेरै पारिश्रमिक ठहरिने फिल्म ब्यापार बिश्लेषक तरण आर्दश बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?