Comments Add Comment

बन्ने भो ‘रामलिला’, जीवनले बर्षासँग रोमान्स गर्ने

jiwan-and-barsa
बलिउडमा सफल मानिएको चलचित्र ‘रामलिला’कै नाम सापटी लिएर नेपालमा पनि सिनेमा बन्ने भएको छ । आर.बी.के ‘शरद’ले यो सिनेमाको निर्देशन गर्न लागेका हुन् ।
चलचित्रका लागि नायक जीवन लुइटेल केही समयअघि मात्र पक्का भएका हुन् ।

चलचित्रको निर्माणपक्षले नायिकाको रुपमा ‘नाई नभन्नु ल २’बाट रजतपटमा डेब्यू गरेकी कलाकार बर्षा सिवाकोटीलाई अनुवन्धित गरेको छ । चलचित्रले प्रेमको कथा बोल्नेछ । नाम एउटै भएपनि बलिउडको ‘रामलिला’सँग केही पनि बिषय नमिल्ने निर्माणपक्षको भनाई छ ।

चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । भोली आयोजना हुने एक पत्रकार सम्मेलनमा निर्माणपक्षले यो सिनेमाको घोषणा गर्न लागेको वुझिएको छ । ‘सिवानी’ नाममा नायक लुइटेलले काम नगर्ने भनेपछि ‘रामलिला’ नाम दिएर काम गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment