+
+
Shares

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भाद्र १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको दुई महिनापछि कुशको शव बनाएर अन्त्यष्टि गरिएको छ।
  • नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका–८ का चन्दको आइतबार भुजेला आर्यघाटमा अन्त्यष्टि गरी अन्तिम सलामी दिइएको छ।
  • ०७० सालमा सेनामा भर्ना भएका अमलदार चन्द रसुवाको शिवनाथ गणको मैलुङ्ग पोस्टमा कार्यरत थिए।

८ कात्तिक, कञ्चनपुर । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ ।

नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका–८ का चन्दको दुई महिनासम्म पनि अत्तोपत्तो नचलेपछि परिवारले कुशको शव बनाएर अन्त्यष्टि गरेको हो ।

०७० सालमा सेनामा भर्ना भइ अमलदार दर्जाको पदमा रहेका उनलाई आइतबार नेपाली सेनाले अन्तिम सलामी दिएर भुजेला आर्यघाटमा अन्त्यष्टि गरिको हो ।

चन्द रसुवाको शिवनाथ गणको मैलुङ्ग पोष्टमा कार्यरत रहँदा भोटेकोशीमा आएको बाढीमा उनी बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?